नेपाल प्रेस युनियन स्याङ्जाको अध्यक्षमा डुम्रे
स्याङ्जा । नेपाल प्रेस युनियन स्याङ्जा शाखाको अध्यक्षमा पत्रकार राधाकृष्ण डुम्रे निर्विरोध चयन हुनुभएको छ । झण्डै तीन दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका पत्रकार डुम्रे सहमतीका आधारमा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी उपाध्यक्षमा जोगराज पाठक र आरती कुँवर, सचिवमा पवन मरासिनी, सहसचिवमा बिक्रम शाही ‘समुन्द्र’ र कोषाध्यक्षमा प्रेम बहादुर थापा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा अश्विन पंगेनी, भेषराज रेग्मी, पूजा खड्का, प्रज्वल रनपाल र मनिसा परियार रहनुभएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ओमप्रकाश शर्मा, प्रदिप कोइराला, प्रकाश डोटेल, भूपराज बस्याल, तोलाकान्त बगाले, अमृत अर्याल, ऋषि बस्याल र कान्तीदिप अर्याल छनौट हुनुभएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा जोगराज पाठक, गोपिकृष्ण रेग्मी, शंकर सुवेदी, कल्याणी खाँण, भूवन भण्डारी, बबिन पाठक, रामचन्द्र उपाध्याय,निशा भट्टराई र स्मृति अर्याल चयन हुनुभएको छ ।
श्रीकृष्ण सिग्देल र भवानी अधिकारी युनियनको केन्द्रीय सदस्य रहनु भएकाले स्वतः केन्द्रीय प्रतिनिधि हुने निर्वाचन प्रतिनिधि तथा प्रेस युनियनका कन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्यालले तजानकारी दिनुभयो ।




