हाम्रो बजारको अक्सनमा डेभिड वार्नरको हस्ताक्षरयुक्त ब्याट १ लाख १ हजार रुपैयाँमा बिक्री
काठमाडौँ । हाम्रोबजारको ‘क्रिकेट फ्यान बजार’ अन्तर्गत आज (शनिबार) अस्ट्रेलियाली क्रिकेटर डेभिड वार्नरको हस्ताक्षरयुक्त ब्याट अक्सनमा राखिएको थियो। एक घण्टासम्म अर्थात् दिउँसो ४ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको उक्त अक्सनमा ब्याटको बोली १५ हजार रुपैयाँबाट सुरु भएको थियो। अन्तिम उच्चतम बोली १ लाख १ हजार रुपैयाँ पुगेपछि अक्सन सफलतापूर्वक सम्पन्न भएको छ।
यस अक्सनबाट प्राप्त १ लाख १ हजार रुपैयाँ काठमाडौं गोर्खाजमार्फत सामाजिक सेवाको उद्देश्यका लागि च्यारिटी गरिनेछ।
अक्सनमा सहभागी हुन १ हजार रुपैयाँ रजिस्ट्रेसन शुल्क तोकिएको थियो। उच्चतम बोली लगाउने विजेताबाहेक अन्य सहभागीले बुझाएको रजिस्ट्रेसन रकम फिर्ता (Refundable) हुने व्यवस्था गरिएको थियो।
डेभिड वार्नरको ब्याटको अक्सन सम्पन्न भए पनि हाम्रोबजारको ‘क्रिकेट फ्यान बजार’ अन्तर्गत अन्य रोमाञ्चक गतिविधिहरू पनि सञ्चालन हुने क्रममा छन्। यस अभियानअन्तर्गत सबै फ्रेन्चाइज टोलीका आधिकारिक जर्सी तथा टिम मर्चनडाइजहरू हाम्रोबजारमार्फत उपलब्ध हुनेछन्। प्रशंसकहरूले आफ्नो मनपर्ने टिमको आधिकारिक जर्सी, कपडा तथा अन्य सामग्रीहरू खरिद गर्न सक्नेछन्।
यसका साथै, विभिन्न खेलाडीका हस्ताक्षरयुक्त जर्सी, म्याचमा प्रयोग भएका ब्याट, बल, मिनी मर्चनडाइज तथा अन्य विशेष क्रिकेट सामग्रीहरूको अक्सन पनि आगामी दिनमा हाम्रोबजारमार्फत लाइभ हुँदै जानेछ। यी अक्सनहरूले क्रिकेटप्रेमीहरूलाई आफ्ना मनपर्ने खेलाडी र टोलीसँग जोडिएका विशेष सामग्रीहरू आफ्नो बनाउन अवसर प्रदान गर्नेछन्।
त्यस्तै, हाम्रोबजार र फोनपोइन्ट्सको सहकार्यमा सञ्चालन भइरहेको ‘क्रिकेट फ्यान बजार’ अन्तर्गत प्रशंसकहरूले टिम मर्चनडाइज खरिद, विशेष अक्सनमा सहभागिता तथा खेलाडीहरूसँग भेटघाटजस्ता अनुभवहरू प्राप्त गर्न सक्नेछन्।
प्रशंसकहरूले हाम्रोबजारको वेबसाइट तथा एपमार्फत आधिकारिक टिम स्टोर र आगामी अक्सनहरूको जानकारी लिन सक्नेछन्। आगामी अक्सनको मिति तथा सहभागितासम्बन्धी विस्तृत जानकारी हाम्रोबजारका आधिकारिक सञ्चार माध्यमबाट सार्वजनिक गरिनेछ।




