काठमाडौंमा खुल्यो ASUS को पहिलो एक्सक्लुसिभ स्टोर, नयाँ ROG र TUF गेमिङ ल्यापटप सार्वजनिक
काठमाडौं । ताइवानको प्रविधि कम्पनी ASUS ले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा स्टोर उद्घाटन गर्दै नयाँ ROG र TUF Gaming सिरिजका ल्यापटप समेत सार्वजनिक गरेको हो।
नेपालमा आफ्नो खुद्रा उपस्थिति विस्तार गर्ने रणनीति अन्तर्गत सञ्चालनमा ल्याइएको उक्त स्टोरमा ASUS का विभिन्न सिरिजका ल्यापटप तथा कम्प्युटर हार्डवेयर उपलब्ध हुनेछन्। स्टोरमा Vivobook, Zenbook, ProArt, TUF Gaming र Republic of Gamers (ROG) सिरिजका उत्पादन ग्राहकले खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकले स्टोरबाट ASUS 4A Guarantee अन्तर्गतका सुविधा पनि प्राप्त गर्नेछन्। यसमा उत्पादनको सुनिश्चित गुणस्तर, समर्पित ग्राहक सेवा, अन्तर्राष्ट्रिय वारेन्टीसहितको सेवा तथा अतिरिक्त मूल्य अभिवृद्धि गर्ने अनुभव समावेश छन्।
स्टोर उद्घाटनसँगै ASUS ले नेपालमा नयाँ गेमिङ ल्यापटपहरू पनि सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका उत्पादन मध्ये ROG Zephyrus Duo प्रमुख आकर्षणका रूपमा रहेको छ। Intel Core Ultra 9 386H प्रोसेसर र NVIDIA GeForce RTX 5090 Laptop GPU रहेको यो डुअल स्क्रिन OLED ल्यापटप गेमिङ तथा कन्टेन्ट निर्माणका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, उच्च प्रदर्शनको गेमिङ अनुभवका लागि Intel Core Ultra 9 290HX+ प्रोसेसर र NVIDIA GeForce RTX 5090 Laptop GPU सहितको ROG Strix SCAR 18 पनि सार्वजनिक गरिएको छ।
यसैगरी, Intel Core i7-14650HX प्रोसेसर र NVIDIA GeForce RTX 5050 Laptop GPU रहेको TUF Gaming F16 पनि नेपाली बजारमा ल्याइएको छ। यी नयाँ उत्पादनले नेपाली गेमर तथा प्रविधिप्रेमीलाई अत्याधुनिक गेमिङ प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीको अपेक्षा छ।
ASUS South Asia का क्षेत्रीय प्रमुख एरिक ओउले नेपाललाई कम्पनीका लागि महत्त्वपूर्ण र तीव्र गतिमा विस्तार भइरहेको बजारका रूपमा व्याख्या गरेका छन्।
उनले काठमाडौंमा पहिलो ASUS ब्रान्ड स्टोर सञ्चालनमा आउनु नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधिसँग नजिक पुर्याउने यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताए। नयाँ स्टोरमार्फत ग्राहकले उत्पादन प्रत्यक्ष अवलोकन तथा प्रयोग गरेर आफ्नो आवश्यकता अनुसार खरिद निर्णय गर्न सक्ने उनको भनाइ छ।
कम्पनीले आगामी दिनमा नेपालभर आफ्नो खुद्रा सञ्जाल विस्तार गर्दै उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।




