हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक बादल लाग्ने छ ।
नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।




