एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार आज एक खेल मात्रै हुँदैछ ।
आजको खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुन लागेका हुन् ।
जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो ।
पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
हालसम्मको अंकतालिकमा जनकपुर पाँचौ र पोखरा अन्तिम स्थानमा रहेको छ ।




