दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” नोभेम्बर १ राति ८ बजेदेखि प्रारम्भ हुँदै
८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउचर, रोमाञ्चक उपहार र थाइल्यान्ड भ्रमण जित्ने अवसरसहित दराजले तिहार तथा छठका लागि ल्याउँदैछ थप बचत र उत्सवमय सरप्राइजहरू।
काठमाडौं । नेपाल तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला, परिवारसँगको जमघट, उपहारको आदानप्रदान, झिलिमिली घर र आत्मीय परम्पराले भरिएको यस पर्वको मौसमलाई अझ विशेष बनाउन दराज नेपालले “द बिग बोस इज ब्याक” भन्ने मूल नारासहित दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” ल्याउँदैछ।
नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म (कार्तिक १५ देखि २५, २०८३) सञ्चालन हुने यस अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्नेछ। यसअन्तर्गत ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्री तथा श्रेणीमा निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसरसहितका रोमाञ्चक उपहार उपलब्ध हुनेछन्।
घरलाई नयाँ रूप दिनेदेखि चाडपर्वका लागि उपयुक्त पहिरन छनोट गर्ने र दाजुभाइ, दिदीबहिनी, परिवार तथा साथीभाइका लागि उपहार किन्ने समय पनि हो यो। तिहारमा उज्यालो, सम्बन्ध र समृद्धिको उत्सव मनाइन्छ भने छठमा आस्था, भक्ति र परम्परालाई विशेष महत्त्व दिइन्छ। यी पर्वको तयारीमा उपभोक्तालाई सहजता प्रदान गर्दै खर्चको अधिकतम सदुपयोग गर्न सघाउने उद्देश्यले दराज ११.११ ले अग्रणी ब्रान्ड, आकर्षक छुट र अनलाइन किनमेलको सुविधालाई एकै ठाउँमा ल्याएको छ।
अग्रणी ब्रान्डका आकर्षक छुट
अभियानभर विभिन्न सामग्री, श्रेणी र साझेदार ब्रान्डका सीमित समयका विशेष अफरहरू दैनिक फ्ल्यास सेलमार्फत उपलब्ध हुनेछन्।
दराजका प्लाटिनम साझेदारहरू रोह्टोे, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन्। त्यसैगरी, गोल्ड साझेदारहरू ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले पनि ७० प्रतिशतसम्मको छुट ल्याउनेछन्। सिल्भर साझेदारहरू फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारले भने ८० प्रतिशतसम्मको छुट उपलब्ध गराउनेछन्।
उपभोक्तालाई आफ्ना मनपर्ने सामग्री तथा ब्रान्डका आकर्षक अफर खोज्न थप अवसर प्रदान गर्न अभियानमा विभिन्न विशेष किनमेल कार्यक्रमसमेत समावेश गरिएका छन्। यसको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म सञ्चालन हुने क्रस क्याटेगोरी ब्रान्ड रश आवरबाट हुनेछ, जसमा विभिन्न श्रेणीका विशेष अफर उपलब्ध हुनेछन्। त्यसपछि नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ, जहाँ विशेष रूपमा छनोट गरिएका सामग्री आकर्षक मूल्यमा खरिद गर्न सकिनेछ।
नोभेम्बर ३ देखि ८ सम्म उपभोक्ताले हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक विषयमा आधारित ब्रान्ड रश आवरको आनन्द लिन सक्नेछन्। यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स ट्युजडे, नोभेम्बर ४ मा लाइफस्टाइल वेन्सडे, नोभेम्बर ५ मा एफएमसीजी थर्सडे, नोभेम्बर ६ मा दराज च्वाइस फ्राइडे, नोभेम्बर ७ मा फेसन स्याटरडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे सञ्चालन हुनेछन्। सीमित समयका यी विशेष कार्यक्रमले प्रमुख किनमेल श्रेणीका अफरलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछन्, जसले उपभोक्तालाई चाडपर्वको तयारीका लागि आवश्यक सामान छनोट गर्न सहज बनाउनेछ।
अनलाइन किनमेललाई अझ उत्सवमय बनाउन छनोट गरिएका विक्रेतामार्फत उपभोक्ताले ३,००० रुपैयाँसम्मका तिहार भाउचरसमेत प्राप्त गर्न सक्नेछन्। दराज च्वाइसका ग्राहकले योग्य सामग्रीमा तीनवटा किन्दा निःशुल्क डेलिभरी र चारवटा किन्दा एउटा निःशुल्क पाउनुका साथै निःशुल्क डेलिभरीको सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
यस ११.११ मा बचत गर्ने थप अवसर
चाडपर्वको किनमेललाई अझ लाभदायक बनाउन दराजले अभियान अवधिभर योग्य अग्रिम भुक्तानीमा अतिरिक्त छुट उपलब्ध गराउन आठवटा बैंकसँग साझेदारी गरेको छ।
योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २,००० रुपैयाँसम्मको २० प्रतिशत छुट प्राप्त हुनेछ भने योग्य डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १,५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट उपलब्ध हुनेछ।
यस अफरमा सहभागी बैंकहरूमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक रहेका छन्।
इसेवा तथा खल्ती बाई आईएमईमार्फत भुक्तानी गर्ने उपभोक्ताले पनि विशेष रश आवर अफरअन्तर्गत १,००० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसले चाडपर्वका सामग्री खरिद गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नेछ।
रोमाञ्चक उपहार र उत्सवमय पुरस्कार
आकर्षक छुटका अतिरिक्त दराज ११.११ ले अभियानभर उपभोक्तालाई विभिन्न रोमाञ्चक पुरस्कार जित्ने अवसर पनि प्रदान गर्नेछ।
न्यूनतम १,१११ रुपैयाँको चेकआउट अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५०,००० रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स सामग्रीको बन्डल जित्ने अवसर पाउनेछन्।
सोही न्यूनतम चेकआउट रकम पूरा गर्ने उपभोक्ताले फिजियो नेपाल, मोडर्न मिराकल्स फर्निचर हब, पीसेफ, डट एन्ड की, स्विफ्ट अन, अल्टिमा लाइफस्टाइल, ब्रान्डहाउस, न्युलाइट, ब्लेस अनलाइन, रोह्टो र पोसिलो फुड्सका सामग्री समावेश गरिएका दैनिक उपहार योजनामा पनि सहभागी हुन सक्नेछन्।
त्यसैगरी, दराज नेपालको इन्स्टाग्राममा क्याटेगोरी ब्रान्ड रश आवरका क्रममा सार्वजनिक गरिने मिस्ट्री डिलका मूल्य सही अनुमान गरी कमेन्ट गर्ने उपभोक्ताले अल्टिमा लाइफस्टाइल, जिरी न्युट्रिसन, डा. शेथ्स, सिटाफिल, एम्परस्यान्ड र पोसिलो फुड्सका विशेष उपहार ह्याम्पर जित्ने अवसर पाउनेछन्।
यस अभियानमा दैनिक उपभोग्य सामग्रीमा सीमित नरही विभिन्न साझेदार ब्रान्डमार्फत रोमाञ्चक पुरस्कार र विशेष अनुभव जित्ने अवसरसमेत समावेश गरिएको छ।
- थाइल्यान्ड भ्रमणः अनर नेपालबाट आठ जना भाग्यशाली ग्राहकले रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् भने ग्लेन नेपालबाट एक जना भाग्यशाली खरिदकर्ताले पाँचदिने थाइल्यान्ड भ्रमण जित्नेछन्।
- सौन्दर्य तथा व्यक्तिगत स्याहारः मामाअर्थबाट सात जना भाग्यशाली ग्राहकले आइकोनिक हेयर आइरन ग्लिम ३ जित्ने अवसर पाउनेछन्।
- विशेष भ्रिमणको अनुभवः सफारी नेपालबाट दुई जना भाग्यशाली ग्राहकले ओम अध्याय रिट्रिट–रिसोर्ट र नगरकोट सोल्टी रिसोर्टमा जोडीका लागि विशेष बसाइ जित्नेछन्।
- घरायसी उपकरणः बिग डिजिटलबाट एक जना भाग्यशाली ग्राहकले ८ केजी क्षमताको फ्रन्ट लोड वासिङ मेसिन र एयर फ्रायर प्राप्त गर्नेछन्।
- घरेलु मनोरञ्जनः ब्रो स्टोर (बाल्ट्रा) बाट एक जना भाग्यशाली ग्राहकले ५० इन्चको ४के स्मार्ट एलईडी टिभी जित्नेछन्।
दराज ११.११ सँग तिहार र छठ मनाऔँ
तिहार परिवारका सदस्यबीचको आत्मीयता सुदृढ बनाउने, कृतज्ञता व्यक्त गर्ने र प्रियजनसँग उपहार साटासाट गर्ने पर्व हो। छठले आस्था, भक्ति र परम्पराका माध्यमबाट समुदायलाई एकताबद्ध बनाउँछ। यी पर्वको तयारीमा जुटेका परिवारलाई घरमै बसेर आवश्यक सामग्री खोज्न, प्रियजनका लागि उपहार छनोट गर्न र आकर्षक छुटको लाभ लिन सहज बनाउने उद्देश्यले दराज ११.११ ल्याइएको हो।
८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, बैंक तथा डिजिटल वालेट अफर, निःशुल्क डेलिभरी, दैनिक फ्ल्यास सेल र रोमाञ्चक उपहारसहित दराजले देशभरका उपभोक्ताका लागि चाडपर्वको किनमेललाई अझ सहज, किफायती र उत्सवमय बनाउँदैछ।
द बिग बोस इज ब्याक! अझ धेरै किनमेल, अझ धेरै बचत, अझ भव्य उत्सव — दराज ११.११, वर्षकै सबैभन्दा ठूलो सेल!
दराज नेपालको दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” सम्बन्धी थप जानकारीका लागि https://www.daraz.com.np/ मा जानुहोस्, दराज नेपालको फेसबुक पेज हेर्नुहोस् वा दराज एप प्रयोग गर्नुहोस्।
नियम तथा सर्तहरू लागू हुनेछन्।




