एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
काठमाडौं । नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।
खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जनकपुरले १९ ओभर ३ बलमा ११३ रन बनायो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए भने मोइन अली र हर्मित सिंहले समान एक १९ रन बनाए ।
कर्णालीका लागि युनिस ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्यो ।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।
त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे ।
जनकपुरका हर्मित सिंहले ३, राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।




