आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा थियो
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा थियो ।
आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा थियो ।
आज क्यानेडियन डलरको भाउ पनि बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा थियो ।
सिंगापुर डलरको भाउ हिजो घटेकोमा आज भने बढेको छ । आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा तोकिएको थियो ।
हेर्नहोस् आजको विदेशी मुद्राको विनिमय दर





