सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो ।
मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ । ब्याटिङमा बनाएको प्रत्येक रन बापत १ र बलिङमा लिएको प्रत्येक विकेटबापत ६ सिद्धार्थ लोयल्टी पोइन्ट प्राप्त हुनेछ ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले आर्जित पोइन्ट सिद्धार्थ रिवाड्र्स प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन् । बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न सक्नेछन् । यद्यपि, संकलित पोइन्ट रिडिम गर्न सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ ।
यस पहलमार्फत बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता अभिवृद्धि गर्ने तथा बैंकिङ अनुभवलाई थप रोचक बनाउने उद्देश्य राखेको छ ।
यसको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिनेछ ।




