विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा TVS NTORQ 150 सार्वजनिक
काठमाडौँ । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा नयाँ ‘TVS NTORQ 150’ स्कुटर सार्वजनिक गरेको छ।
चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजित विशेष कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै नेपालको पहिलो १५० सिसी ‘हाइपर स्पोर्ट स्कुटर’को दमदार प्रदर्शन र आकर्षक डिजाइन प्रस्तुत गरियो।
NTORQ परिवारकै सबैभन्दा शक्तिशाली यस स्कुटरको औपचारिक अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल तथा स्थानीय डिलरका निर्देशकहरू विशाल जैसवाल र अभिनव थापाले संयुक्त रूपमा गरे।
नयाँ TVS NTORQ 150 मा १४९.७ सिसी क्षमताको एयर-कुल्ड O3CTech इन्जिन जडान गरिएको छ, जसले ७,००० आरपीएममा १३.२ पिएस पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। यस स्कुटरले मात्र ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।
स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यसको आकर्षक डिजाइनमा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडायनामिक विङ्लेट्स, जेट-प्रेरित भेन्ट्स, रंगीन एलोय ह्विल, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा विशेष T-shaped टेल ल्याम्प समावेश गरिएको छ। यसको स्पोर्टी लुक, बोल्ड डिजाइन र विशिष्ट मफलर साउन्डले ब्रान्डको रेसिङ डिएनएलाई झल्काउँछ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले TVS NTORQ ले उत्कृष्ट पर्फर्मेन्स, नवीन प्रविधि र आकर्षक डिजाइनमार्फत नेपालका युवा राइडरहरूमाझ छुट्टै पहिचान बनाएको बताए।
बुटवल TVS का लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै उनले संगीत, युवा पुस्ताको जोश र हाइपर पर्फर्मेन्सको संयोजनसहित आएको NTORQ 150 ले पश्चिम नेपालमा ब्रान्डको उपस्थितिलाई थप विस्तार गर्ने र ग्राहकहरूको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।
स्मार्ट र सहज राइडिङ अनुभवका लागि यस स्कुटरमा TVS SmartXonnect™ प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड फिचरहरू उपलब्ध गराइएको छ। जसमा टर्न-बाइ-टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थानको जानकारी, कल तथा म्यासेज नोटिफिकेसन र विभिन्न राइड मोडजस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।
उत्कृष्ट पर्फर्मेन्स र गतिशील राइडिङ अनुभव चाहने नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गरी यो स्कुटर बजारमा ल्याइएको हो।




