कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कुमारी बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंसभा काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भउको हो ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६.६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ ।
सोही सभाले बैंकका सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८३।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




