बाढीले क्षतिग्रस्त मालढुङ्गाको पुल सञ्चालनमा
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षति पुगेको कालीगण्डकी नदी जोड्ने मालढुंगा पुल सञ्चालनमा आएको छ ।
दुई हप्ताअघि बाढीका कारण पुलको एकतर्फ नदीले कटान गरेपछि पुल आवतजावत रोकिएको थियो ।
क्षति भएको ठाउँमा वाला निर्माण कार्य सम्पन्न गरी सोमबारदेखि पुल सञ्चालनमा आएको हो । पुल बन्द हुँदा पर्वत र बागलुङसहितका जिल्लाको सम्पर्कविच्छेद भएको थियो ।



