बर्दिया डिजिटल मेलामार्फत बर्दियालाई डिजिटल पर्यटनको नक्सामा स्थापित गर्ने पहल
‘कथादेखि यात्रासम्म’ ले बर्दियाको कथा सुनाउन सामग्री सिर्जनाकर्ता, पर्यटन उद्यमी, स्थानीय समुदाय तथा सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै
बर्दिया । ठाकुरबाबा नगरपालिकाको पहलमा आयोजित बर्दिया डिजिटल मेला- ‘कथादेखि यात्रासम्म’ २० सेप्टेम्बर २०२६ मा ठाकुरबाबास्थित बाबई रिसोर्टमा भव्यताकोसाथ आयोजना भयो। स्थानीय पर्यटन उद्यमी, समुदाय तथा व्यवसायलाई डिजिटल प्लेटफर्म, सामग्री सिर्जनाकर्ता र नयाँ दर्शकसँग जोड्दै बर्दियाको पर्यटन अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
द एसिया फाउन्डेसन नेपालको सहयोगमा सञ्चालित यस पहलले स्थानीय होमस्टे, साना व्यवसाय, प्रकृति गाइड तथा पर्यटन उद्यमीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै बर्दियाका विविध पर्यटन अनुभव तथा सेवाको पहुँच र दृश्यता नयाँ बजारसम्म विस्तार गर्ने लक्ष्य लिएका छ ।
बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्ज, समृद्ध थारू संस्कृति तथा कर्णाली नदी लगायत विशिष्ट पर्यटन गन्तव्यहरू रहेका छन् । तर, यात्रुहरूले गन्तव्य खोज्ने, मूल्याङ्कन गर्ने र भ्रमणका लागि छनोट गर्ने क्रममा डिजिटल प्लेटफर्मको प्रभाव बढ्दै गए पनि यीमध्ये धेरै अनुभवहरू अझै डिजिटल माध्यममा पर्याप्त रूपमा प्रस्तुत हुन सकेका छैनन् ।
बर्दिया डिजिटल मेलाले यही अन्तरलाई सम्बोधन गर्दै सामग्री सिर्जनाकर्ता, पर्यटन उद्यमी, सरकारी निकायका प्रतिनिधि, पर्यटन संघसंस्था, विद्यार्थी तथा युवालाई एकै ठाउँमा ल्याएर बर्दियाका मौलिक कथा र अनुभवलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने, सिर्जना गर्ने तथा व्यापक रूपमा प्रसार गर्ने अवसर प्रदान गर्नेछ ।
कथा देखि यात्रासम्म
यो पहललाई परम्परागत एकदिने कार्यक्रमभन्दा फरक तीन चरणको अभियानका रूपमा तयार गरिएको छ ।
पहिलो चरण: दुईदिने इन्फ्लुएन्सर एक्सपिडिसन
पहिलो चरणअन्तर्गत छनोट गरिएका सामग्री सिर्जनाकर्ताहरूलाई बर्दिया ल्याई यहाँको वन्यजन्तु, प्राकृतिक दृश्य, स्थानीय समुदाय तथा थारू संस्कृतिको प्रत्यक्ष अनुभव गराइयो ।
सिर्जनाकर्ताहरूले आफ्ना अनुभवलाई अभिलेखीकरण गरी सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत मौलिक कथा प्रस्तुत गर्नेछन्। यसबाट दर्शकहरूले व्यक्तिगत अनुभव र वास्तविक कथामार्फत बर्दियालाई नयाँ दृष्टिकोणबाट चिन्ने अवसर पाउनेछन्।
दोस्रो चरण: एकदिने क्रिएटर–उद्यमी कन्फ्लुएन्स
दोस्रो चरण बर्दिया डिजिटल मेलाको मुख्य कार्यक्रम हो । यसले सामग्री सिर्जनाकर्ता, पर्यटन उद्यमी, सरकारी सरोकारवाला, पर्यटन संघसंस्था, विद्यार्थी तथा युवालाई एउटै मञ्चमा मार्फत यहाको पर्यटनको प्रवर्धन गर्ने पहल गरेको छ ।
कार्यक्रममा प्यानल छलफल, इन्फ्लुएन्सर टक, सीप विकाससम्बन्धी सत्र, सामग्री सिर्जना गतिविधि, सांस्कृतिक प्रस्तुति तथा प्रदर्शनी समावेश थियो ।
यसले स्थानीय व्यवसायी तथा पर्यटन उद्यमीलाई सामग्री सिर्जनाकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा डिजिटल प्लेटफर्ममार्फत नयाँ दर्शकसम्म पुग्ने सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।
तेस्रो चरण: कार्यक्रमपछिको सामग्री प्रवद्र्धन
तेस्रो चरणअन्तर्गत एक्सपिडिसन तथा मेलाका क्रममा तयार भएका सामग्रीलाई विभिन्न डिजिटल प्लेटफर्ममार्फत निरन्तर प्रसार तथा प्रवद्र्धन गरिनेछ।
यस विस्तारित अभियानले कार्यक्रम सम्पन्न भएपछि पनि बर्दियाको डिजिटल दृश्यता कायम राख्दै गन्तव्य तथा यसको पर्यटन अर्थतन्त्रका लागि निरन्तर गति सिर्जना गर्ने लक्ष्य राखेको छ।
डिजिटल अवसरमार्फत स्थानीय पर्यटनको सुदृढीकरण
यस पहलले स्थानीय पर्यटन उद्यमी तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) लाई डिजिटल सीप, व्यापक दृश्यता तथा नयाँ बजारमा पहुँच प्रदान गर्दै आफ्ना कथा र अनुभवलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने सामग्री सिर्जनाकर्तासँग जोड्ने उद्देश्य राखेको छ।
द एसिया फाउन्डेसन नेपालले बर्दियालाई मौलिक, समावेशी तथा दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने प्रयासअन्तर्गत डिजिटल क्षमता अभिवृद्धि, नवप्रवर्तन तथा बजार पहुँच विस्तारमा सहयोग गरिरहेको छ।
विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य तथा नेपाल पर्यटन विभागका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भनेः “बर्दियासँग कथा छन्, मानिस छन् र अनुभवहरू छन्। अब आवश्यक कुरा भनेको यी कथालाई स्थानीय संवादबाट विश्वव्यापी यात्रासम्म पु¥याउनु हो। बर्दिया डिजिटल मेला त्यस दिशातर्फको एउटा कदम हो—कथालाई यात्रामा र यात्रालाई अवसरमा रूपान्तरण गर्ने प्रयास।” उनले थपेः “बर्दिया पर्यटनको भविष्यलाई सकारात्मक रूपमा आकार दिन सक्ने तथा यस गन्तव्यलाई यस क्षेत्रका उल्लेखनीय हरित गन्तव्यहरूमध्ये एकका रूपमा स्थापित गर्न योगदान पु¥याउने यस्तो प्रभावकारी पहलका लागि आयोजक, कार्यक्रम संयोजक तथा सहयोगी साझेदारहरूको प्रयासको म प्रशंसा गर्दछु।”
नेपाल पर्यटन विभागका कार्यवाहक निर्देशक, जनसम्पर्क तथा प्रचारप्रसार विभागका सुनील शर्माले स्थानीय प्रतिभा तथा समुदायलाई महत्वपूर्ण रूपमा उजागर गर्दै यस क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्न यस्तो पहल उपयोगी हुने बताए।
उनले भनेः “बर्दिया डिजिटल मेलाबारे मेरो पहिलो धारणा के हो भने, यस प्रकारको पहलले स्थानीय प्रतिभा र समुदायलाई व्यापक रूपमा चिनाउने अवसर प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्न सक्छ। अझ महत्वपूर्ण कुरा, यसले नीति निर्माता तथा सरोकारवालालाई बर्दियालाई पर्यटन गन्तव्यका रूपमा डिजिटल माध्यम र सामाजिक सञ्जालमा प्रवद्र्धन गर्न अझ प्रभावकारी र केन्द्रित रणनीति विकास गर्न प्रोत्साहित गर्न सक्छ।”
उनले ‘कथादेखि यात्रासम्म’ विषयवस्तुलाई पनि अर्थपूर्ण रहेको बताए।
“‘कथादेखि यात्रासम्म’ निकै सुन्दर ढंगले तयार गरिएको विषयवस्तु हो। यसले गन्तव्य खोज्ने यात्रा, त्यसका कथा सुनाउने, अनुभव सिर्जना गर्ने र मानिसलाई भ्रमणका लागि प्रेरित तथा उत्प्रेरित गर्ने प्रक्रियालाई समेटेको छ। मलाई विश्वास छ, बर्दियाले यस पहलबाट उल्लेखनीय लाभ प्राप्त गर्नेछ र आगामी दिनमा नेपाल तथा विदेशबाट अझ धेरै पर्यटक आकर्षित गर्न सफल हुनेछ।”
कार्यक्रमममा बोल्दै, द एसिया फाउन्डेसन नेपालका Digital Transformation and Data Governance निर्देशक प्रणय स्थापितले आज यही बर्दियाबाट, हामी संसारलाई एउटा स्पष्ट र एकजुट सन्देश दिइरहेका छौँः “नेपाल कलिङ“ (Nepal is Calling)—नेपाल खुला छ। यतिखेर हाम्रो राष्ट्रिय पुनर्निर्माणलाई सहयोग गर्ने सबैभन्दा राम्रो तरिका भनेको यहाँ आउनु, घुम्नु र स्थानीय अर्थतन्त्रमा लगानी गर्नु हो।
उनले भनेः संसारले नारा पत्याउँदैन । संसारले पत्याउँछ भिडियो, राष्ट्रिय निकुञ्जहरू, समृद्ध थारु संस्कृति र खानाहरू । बर्दियाको चुनौती कहिल्यै पनि विश्वस्तरीय पर्यटकीय सम्पदाको अभाव थिएन।यहाँ सधैं अभाव भनेको ’डिजिटल पुल’ को थियो। आज हामी त्यही पुल निर्माण गर्दैछौँ।
त्यसैले यो बर्दिया डिजिटल मेलालाई आज ’बर्दिया डिजिटल मेला—कथादेखि यात्रासम्म’ मा भेला भएका छौँ।
नयाँ दर्शकसम्म बर्दियाको कथा पु¥याउँदै सामग्री सिर्जनाकर्ता
यस पहलको महत्वपूर्ण पक्षका रूपमा सामग्री सिर्जनाकर्ताहरूको सहभागिता रहेको छ। उनीहरूले बर्दियाको प्रत्यक्ष अनुभव गर्दै यहाँका मानिस, स्थान, संस्कृति, प्रकृति तथा पर्यटन अनुभवमा आधारित सामग्री सिर्जना गर्नेछन्।
छनोट गरिएका सामग्री सिर्जनाकर्ताहरूमा Nepal*thwonder_, Mr= Milan, Mr Goley, Unlocked_ai Ashwin, Sweta_basnet, Dr Anikeet, Nischal Karki, RGB Nihal / Mira Khadka रहेका छन्।
त्यसैगरी स्थानीय इन्फ्लुएन्सरहरूमा Sanjana Chaudhari, Anuram Chaudhary, Khagendra Nepal, Manju Mahatara, Bibash Rana Magar, Bal Krishna Tharu, Deepak Rajbanshi, Shardul Bhattarai, Bhawany Pd Kandel / Govinda Tharu सहभागी थिए ।
उहाँहरूको सहभागिताले बर्दियालाई अनुभवमा आधारित कथामार्फत प्रस्तुत गर्ने वातावरण सिर्जना गर्नेछ। यसबाट दर्शकहरूले परम्परागत पर्यटन प्रचारभन्दा फरक प्रत्यक्ष अनुभवमा आधारित कथामार्फत बर्दियालाई चिन्ने अवसर पाउनेछन्।
यस पहलले स्थानीय सामग्री सिर्जनाकर्ता तथा पर्यटन उद्यमीलाई पनि व्यापक डिजिटल पारिस्थितिक प्रणालीमा सहभागी हुने र आफ्नै दृष्टिकोणबाट बर्दियालाई प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
बर्दियाका लागि साझेदारहरूको सहकार्य
बुद्ध एयर ट्राभल पार्टनर तथा Storm Communictions Nepal पार्टनरका रूपमा सहभागी थिए । उनीहरूले ठाकुरबाबा नगरपालिका तथा द एसिया फाउन्डेसन नेपालसँगको सहकार्यमा बर्दिया डिजिटल मेलाको सफल आयोजनाका लागि काम गरिरहेका छन्।
यस सहकार्यले स्थानीय सरकार, विकास साझेदार, पर्यटन क्षेत्रका सरोकारवाला, निजी क्षेत्र तथा सामग्री सिर्जनाकर्ता समुदायलाई एउटै साझा उद्देश्यमा जोडेको छ—बर्दियाको डिजिटल दृश्यता बढाउने र स्थानीय पर्यटन व्यवसायलाई सम्भावित पर्यटकसँग अझ बलियो रूपमा जोड्नेछ ।
बर्दियाको पर्यटन कथामा नयाँ अध्याय
बर्दिया डिजिटल मेला — ‘कथादेखि यात्रासम्म’ — ले प्रकृति, संस्कृति, समुदाय र डिजिटल स्टोरीटेलिङलाई एकसाथ ल्याउँदै बर्दियाका अनुभव र उद्यमीहरूलाई व्यापक डिजिटल पर्यटन संवादमा प्रवेश गराउने मञ्च तयार गरेको छ।
यस पहलको मूल भावना यो हो कि यहाको पर्यटकिय गन्तव्यको प्रचार प्रसार अब परम्परागत विज्ञापनमा मात्र सीमित छैन। पर्यटकहरूले अब डिजिटल प्लेटफर्महरूमा साझा गरिने कथा, सिफारिस, भिडियो, क्रिएटर र प्रामाणिक अनुभवहरूमार्फत नयाँ स्थानहरू पत्ता लगाउँछन्।
स्थानीय समुदाय र पर्यटन उद्यमीहरूलाई यस स्टोरीटेलिङ पारिस्थितिक प्रणालीको केन्द्रमा राख्दै, बर्दिया डिजिटल मेलाले गन्तव्य प्रवद्र्धनमा अझ सहभागितामूलक दृष्टिकोण निर्माण गर्न खोजेको छ — जहाँ बर्दियाको केवल विज्ञापन गरिँदैन, बरु उसलाई अनुभव गरिन्छ, अभिलेखीकरण गरिन्छ, साझा गरिन्छ र खोजिन्छ।



