ट्रिप टर्बोले सुरु गर्यो ट्राभल मेला २०२६, नेपालको सबैभन्दा ठूलो ट्राभल सेल
ललितपुर । नेपालको #१ डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले आज ट्राभल मेला २०२६ सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो ट्राभल सेलका रूपमा प्रस्तुत गरिएको यस क्याम्पेनमा यात्रुहरूका लागि विशेष ट्राभल डिल, गतिविधिमा ५०% सम्मको छुट, साप्ताहिक Fire Sale, TT Coin रिवार्ड तथा विभिन्न गिभअवेहरू समावेश छन् । क्याम्पेनको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान रहेको छ ।
ट्राभल मेला २०२६ अन्तर्गत आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान, अन्तर्राष्ट्रिय होटल, बस टिकट, गतिविधि तथा विभिन्न ट्राभल अनुभवहरूलाई एउटै अभियानमा समेटिएको छ, जसले यात्रुहरूलाई आफ्नो आगामी यात्राको योजना बनाउँदा थप विकल्प र बचतका अवसर प्रदान गर्छ । ट्रिप टर्बोमार्फत विश्वभरका ६० लाखभन्दा बढी होटलमा पहुँच लिन सकिनेछ, जहाँ ग्राहकहरूले नेपाली रुपैयाँमा भुक्तानी गरी अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सक्छन् ।
“ट्राभल मेला नेपालका यात्रु समुदायसँग बृहत् रूपमा जोडिने र हाम्रो भिजन “Making Travel Simple” लाई निरन्तरता दिने हाम्रो एउटा माध्यम हो,” ट्रिप टर्बोका संस्थापक शिखेर प्रसाईंले भने, “डोमेस्टिक तथा इन्टरनेसनल फ्लाइट र होटलदेखि बस टिकट, गतिविधि र विभिन्न ट्राभल अनुभवसम्म, ट्राभल मेलाले यात्राका विभिन्न पक्षलाई एउटै ठाउँमा ल्याएको छ । यसले यात्रुहरूलाई आफ्नो आगामी यात्राको योजना बनाउन र यात्रासँगै थप रिवार्ड प्राप्त गर्न थप अवसर दिन्छ ।”
हवाई उडान र बस टिकटमा विशेष छुट
ट्राभल मेला २०२६ अवधिभर ग्राहकहरूले आफ्नो पहिलो आन्तरिक फ्लाइट बुकिङमा रु. २०० छुट तथा त्यसपछि FLIGHTMELA प्रोमो कोड प्रयोग गरी हरेक आन्तरिक फ्लाइट बुकिङमा रु. १५० छुट पाउनेछन् । त्यस्तै, BUSMELA26 प्रोमो कोड प्रयोग गरी बस टिकटमा रु. ७० छुट प्राप्त गर्न सकिनेछ ।
क्याम्पेन अन्तर्गत साप्ताहिक Fire Sale पनि सञ्चालन हुनेछ, जसमा सीमित संख्याका ग्राहकले आन्तरिक फ्लाइटमा रु. ३०० सम्म र बस टिकटमा रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
गिभअवे र ट्राभल अनुभव
ट्राभल मेला २०२६ अन्तर्गत दुई जना भाग्यशाली ग्राहकले काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्नेछन् । साथै, ग्राहकहरूले बुध्द एयर को माउन्टेन फ्लाईट तथा विभिन्न सिमित गन्तव्यका डोमेस्टिक फ्लाइट टिकट पनि जित्न सक्नेछन् ।
एडभेन्चर मन पराउने यात्रुहरूका लागि Zipline, Bungee, Paragliding, SkyScreamer, SUP, Skywalk, Hot Air Balloon र Paintball लगायतका अनुभवहरू गिभअवेमा समावेश छन् । सहभागी हस्पिटालिटी तथा एडभेन्चर पार्टनरहरूबाट विभिन्न स्टे तथा ट्राभल अनुभवहरू पनि उपलब्ध हुनेछन् ।
क्याम्पेनमा Ultima Lifestyle, Safari Bags, OOPS Nepal, Annapurna Cable Car, Highground Adventures, Balloon Nepal, Advance Paragliding, Gobungy, Paddle Nepal, The Cliff, Trishuli Villa/Riverside Resort र Skywalk लगायतका ब्रान्ड तथा पार्टनरहरूका गिभअवे र रिवार्डहरू पनि समावेश छन् ।
ट्राभल मेला अवधिभर Annapurna Cable Car, Gobungy को Bungee Jumping, The Cliff, The Last Resort र Nagarkot Zipline लगायतका गतिविधिमा ५०% सम्मको छुट पनि उपलब्ध हुनेछ ।



