कुमारी बैंकको लाभांश घोषणा
काठमाडौं । कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ ।
यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।



