नेपाल धितोपत्र बोर्डद्वारा उद्धार कोषमा ४ करोड सहयोग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
भदौ १० गते भोटेकोशी नदीमा अकस्मात आएको भिषण बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सो रकम सहयोगस्वरुप प्रदान गरिएको बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष डा. गोपाल भट्टसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेको छ ।
भदौ १० को बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । सोको उद्धार तथा पुनर्स्थापनाका लागि कोषमा रकम संकलन हुने क्रम चलिरहेको छ ।



