सिटिजन्स क्यापिटल लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कामका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ।
यससम्बन्धमा दुवै संस्थाबीच सेयर रजिस्ट्रार सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। शिव श्री हाइड्रोपावरको सञ्चालक समितिको निर्णयअनुसार सिटिजन्स क्यापिटललाई उक्त जिम्मेवारी दिइएको हो।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिव श्री हाइड्रोपावरको सेयर रजिस्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ।
क्यापिटलले कम्पनीको धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयरको अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण तथा नामसारीलगायत प्रचलित कानुन र नियामकीय व्यवस्थाअनुसार सेयर रजिस्ट्रारले गर्नुपर्ने काम सम्पादन गर्नेछ।
यससँगै शिव श्री हाइड्रोपावरका सेयरधनीले सेयर रजिस्ट्रारसम्बन्धी आवश्यक सेवा तथा अभिलेख व्यवस्थापन र सेयर कारोबारसँग सम्बन्धित सहजीकरण सिटिजन्स क्यापिटलमार्फत प्राप्त गर्ने कम्पनीले जनाएको छ।
सिटिजन्स क्यापिटलले आफ्नो व्यावसायिक दक्षता तथा अनुभवी जनशक्तिमार्फत शिव श्री हाइड्रोपावरका सेयरधनीलाई व्यवस्थित र गुणस्तरीय सेयर रजिस्ट्रार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।



