मोबाइल फोन इम्पोर्टरहरुद्वारा बाढी पीडितहरुका लागि रु. ३१ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले Mobile Phone Importers Association (MPIA) ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको रु. ३१ लाख आर्थिक सहयोग आज अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।
उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास यस Mobile Phone Importers Association (MPIA) ले व्यक्त गरेको छ ।
उक्त संकलित रकम Mobile Phone Importers Association (MPIA) का अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको हो ।
Mobile Phone Importers Association (MPIA) का अध्यक्ष मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै सदस्य संस्थाहरूले देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो ।



