नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष विकास दुगडले संघका अन्य सदस्यहरुसँगै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
संघले भदौ १० गते वुधवार विहान चीनको सिजाङ (तिब्बत) तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय रुपमा ठुलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
यस गम्भिर अवस्थालाई दृष्टिगत गर्दै पिडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउनका लागि सरकारले यथासम्भव शिघ्र कदम चाल्नुपर्ने धारणा संघको रहेको छ ।
आगामी दिनमा पनि हाम्रो संस्था सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगात्मक कार्यमा संलग्न रहिरहने प्रतिवद्धता व्यक्त गर्दै यस दुःखद समयमा नेपाल सरकार लगायत सवै सम्वन्धित पक्षहरुको संवेदनशीलता र सहयोगले मात्र नागरिक एंव प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणले गति लिन सक्ने धारणा संघको रहेको छ ।

