नाडा अटो शोको तयारी पूरा: भोलि उपराष्ट्रपतिले उद्घाटन गर्ने, तस्बिरहरु
काठमाडौं । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
१८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
सोमबार विभिन्न ब्रान्डका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ ।
सोमबार नै भृकुटीमण्डप परिसरमा आयोजना गरिएको प्रेस व्रिफिङ एवम स्टल निर्माण अवलोकन भ्रमण कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार संस्था स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गरिएको अटो शो विशेष र भब्य हुनेछ ।







