नबिल इन्भेष्टले शुरु गर्यो बिजनेश क्लिनिक, व्ययसाय विस्तार गर्न चाहनेका लागि उपयोगी |
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिंङ्ग लिमिटेडले अँग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ ।
जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने देखिएको छ । बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न शुरु गरेको परामर्श सेवा हो ।
ग्राहकहरुले नबिल इन्भेष्टमेन्टका लगानी विशेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने देखिन्छ । यस सेवा अन्तर्गत देहाय बमोजिमको परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ । ईक्विटी परामर्श –लगानी व्यवस्थापन सम्बन्धि परामर्श –कर्जा तथा ऋण सम्बन्धि परामर्श –पूँजी संरचना सम्बन्धि परामर्श –दैनिक कार्यसंचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श –व्यापार पुनर्रसंरचनारपुनर्रगठन सम्बन्धि वित्तीय परामर्श –व्यापाररव्यावसाय विस्तार सम्बन्धि परामर्श –व्यापार शुरु गर्ने सम्बन्धि परामर्श –सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श –पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श –पोर्टफोलियो फेरबदलरपुनरसंरचना सम्बन्धि परामर्श –शेयर खरिदरबिक्री गर्ने निर्णय सम्बन्धि परामर्श –निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श –सम्पत्तिरधन व्यवस्थापन सम्बन्धि परामर्श –व्यापार रणनीति सम्बन्धि परामर्श –बजारीकरण रणनीति सम्बन्धि परामर्श यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेन्ट बैकिङ्गले प्रदान गरेको पाइएको छैन । यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग पहिलो संस्था हुन सफल भएको छ ।
जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगीरफलदायि सिद्ध हुने देखिन्छ । यस्तो सेवा सार्वजनिक विदाको दिन वाहेक प्रत्येक शुक्रवार बिहान १० बजे देखि दिनको १ː०० बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा रु. १००० को टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रवार पुनː बिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।



