न्युयोर्कमा मनाइयो मेलमिलाप दिवस |

न्युयोर्क । बिपी कोइराला र गणेशमान सिंहले २०३३ साल पुस १६ गते निर्वा्सित जीवन परित्याग गरि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाले शनिबार आफ्नै कार्यालय ज्याकसन हाईट्स, न्युयोर्कमा ४४ औं मेलमिलाप दिवस मनाएको छ ।
क्विईन्स कम्यूनिटी वोर्ड ५ सदस्य तथा नेपाली काग्रेसका युवा नेता ज्ञानल थापा, का‘ंग्रेस न्यूयोर्कका नेता टकबहादुर रूवाली, सुर्य सिम्खडा, फाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, प्रेम पौडेल, दावा शेर्पा, नेविसंघ अमेरिका शाखाका अध्यक्ष प्रभातराज सापकोटा, एनआरएनए अमेरिका शाखाका कोषाध्यक्ष शोभाकान्त पाण्डे, काभ्रे समाजका उपाध्यक्ष मोहन विष्ट लगायतले आ(आफ्ना धारणाहरू राखेका थिए ।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्व र शारदा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत भाषण फाउन्डेशनका उपाध्यक्ष सुबर्ण लामाले गरेका थिए । कार्यक्रम सन्चालन फाउन्डेशनकै केन्द्रीय सदस्य छिरिगं राप्के लामाले गरेका थिए ।