सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२% लाभांश दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। #NepseBreakingnews
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

