आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७६ रुपैयाँ छ ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
स्विस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा छ ।
क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५० पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा छ ।
यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५५ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा कायम छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५ रुपैयाँ ९९ पैसा छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।
कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९७ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ९५ पैसा बिक्रीदर ४०५ रुपैयाँ ५४ पैसा कायम छ ।
ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १५ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ ।
नेपाल राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


