YADEA नेपालद्वारा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने घोषणा
काठमाडौं । विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नेपालमा नयाँ विद्युतीय स्कुटर सिरिज GS70, GT70 र GT80 सार्वजनिक गर्ने घोषणा गरेको छ।
यस नयाँ सिरिजको आगमनले नेपालमा स्मार्ट, दिगो तथा भरपर्दो विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने YADEA को प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। आधुनिक प्रयोगकर्ताको आवश्यकता अनुरूप डिजाइन गरिएका यी नयाँ मोडेलहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, प्रभावशाली यात्रा दूरी (रेंज) तथा आधुनिक डिजाइन समावेश गरिएको छ, जसले उत्कृष्ट र सहज राइडिङ अनुभव प्रदान गर्नेछ।
दैनिक सहरी आवतजावत, लामो दूरीको यात्रा तथा उच्च प्रदर्शन खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै विकास गरिएका GS70, GT70 र GT80 ले व्यवहारिक, किफायती तथा वातावरणमैत्री विद्युतीय यातायात समाधान प्रदान गर्नेछन्।
“GS70, GT70 र GT80 को आगमन नेपालमा YADEA को यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो। यी नयाँ मोडेलहरूले उत्कृष्ट प्रदर्शन, सुरक्षा, आराम र स्मार्ट प्रविधिलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्दै नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछन्। यी आकर्षक नयाँ स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गर्न तथा नेपाललाई दिगो विद्युतीय यातायाततर्फ अघि बढाउन योगदान गर्न पाउँदा हामी उत्साहित छौं।”
यी तीनै मोडेलका विस्तृत प्राविधिक विशेषता, मूल्य, उपलब्धता तथा विशेष लन्च अफरहरू ६ अगस्ट २०२६ मा आयोजना हुने औपचारिक लन्च कार्यक्रममा सार्वजनिक गरिनेछ।

