एनसीएचएलद्वारा कनेक्ट आरटिजिएस कार्यान्वयन |
काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले २४ कमर्सियल बैंकहरू कनेक्ट गरी कार्यान्वयनमा ल्याएको छ।
आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरू प्रविष्ट गर्न तथा बैंकको बैंकिङ सिस्टमसँग अटोमेटेड गर्न बैंकहरूले कनेक्ट आरटिजिएसलाई गेटवेको रूपमा प्रयोग गरिन्छ। अधिकांश बैंकहरूले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्ट्नरको रूपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागी आवश्यक सिस्टमहरू तथा बैंकहरूलाई स्वसञ्चालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ।
आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरू सदस्य बैंक र वित्तिय संस्थाहरूबीच गरिन्छ। आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रूपमा लिइन्छ।
नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रूपमा लिइएको छ। आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको बृद्धिको लागी एनसीएचएलद्वारा प्रदान गरिएको कनेक्ट आरटिजिएस बैंक तथा वित्तिय संस्थाहरूको बैंकिङ प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छौटलाई टेवा पु¥याउने विश्वास लिइएको छ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरू, गैर–बैंकिङ सदस्यहरू जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पिएसपी÷पिएसओ र अन्य सेवाप्रदायकहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरूको स्थापना तथा सन्चालनमार्फत समग्र बैकिङ क्षेत्रलाई सहयोग पुर्याइरहेको छ। उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकहरूका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थाहरूलाई पनि उपलब्ध गरिने छ।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरूमध्ये विद्युतिय चेक क्लियरिङ (एनसिएचएल–इसिसी) अन्तरबैंक भुक्तानी प्रणाली (एनसिएचएल–आइपिएस), कनेक्टआइपिएस इ पेमेन्ट प्रणाली र नेशनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र २० भन्दा बढी पिएसपिएस÷पिएसओएस लगायत गैर–बैंकिङ संस्थाहरू सदस्य रहेका छन्।
काठमाडौं ।


