रियल ड्राइभर्स वान्टेड अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक
काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए। उनीहरुले कारको मालिक त धेरैजना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश दिएका थिए। कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो।
यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ। १.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा DSG ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ।
साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्छ। यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको छ।
नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ।
साथै, Promise of 12 अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध छ। यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल १२,००० रूपैयाँको निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले भने, ‘कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन। यही नै यसको वास्तविक मूल्य हो।’
त्यसैगरी रौनक अग्रवालले भने, ‘यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो। हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैं अनुभव गर्न आमन्त्रण गर्दछौं।’
यस सार्वजनिकसँगै स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक(केन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीले जनाएको छ।


