शाओमीको सेवा अझै सहज, ताम्राकार हाउसमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौँको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।
यो सर्भिस सेन्टरको सञ्चालन वत्सल ईम्पेक्स प्रा.लि.ले गर्नेछ । वत्सल ईम्पेक्स शारदा ग्रुपअन्तर्गतको कम्पनी हो, जसले शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

उद्घाटनको अवसरलाई विशेष बनाउन कम्पनीले आफ्ना ग्राहकका लागि छिट्टै आकर्षक छुट योजनाको घोषणा गर्ने जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन तथा थप जानकारीका लागि सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
उक्त अवसरमा वत्सल इम्पेक्सका डाईरेक्टरद्वय गौरव शारदा र नितेश कुमार मुन्द्राले काठमाडौँमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताए ।
यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नुहुनेछ ।
ग्लष्अयमभ
ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा
शाओमीको सेवा अझै सहज, ताम्राकार हाउसमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा
शाओमी प्रयोगकर्ताको भरोसाको नयाँ ठेगाना स् ताम्राकार हाउस, काठमाडौँ
काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौँको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स ९जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड०, हियरएबल्स
९इयरफोन÷हेडफोन०, तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक ९जेनुइन० स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।
यो सर्भिस सेन्टरको सञ्चालन वत्सल ईम्पेक्स प्रा।लि।ले गर्नेछ । वत्सल ईम्पेक्स शारदा ग्रुपअन्तर्गतको कम्पनी हो, जसले शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।
उद्घाटनको अवसरलाई विशेष बनाउन कम्पनीले आफ्ना ग्राहकका लागि छिट्टै आकर्षक छुट योजनाको घोषणा गर्ने जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन तथा थप जानकारीका लागि सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
उक्त अवसरमा वत्सल इम्पेक्सका डाईरेक्टर द्वय श्री गौरव शारदा र नितेश कुमार मुन्द्राले काठमाडौँमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताउनुभयो ।