डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धानका लागि डा श्याम प्रकाशलाई विज्ञान प्रविधि पुरस्कार |
काठमाडौं । डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धान गर्न उपयोगी स्टेम सेलमा आधारित ‘डेंगु मोडल’ विकासका लागि डा श्यामप्रकाश डुम्रेलाई पुरस्कृत गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले डुम्रेलाई नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरेको हो । पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदान गरेका हुन् ।
डेंगु रोग लागेको बिरामीलाई गम्भिर प्रकृतिको डेंगु हुन सक्ने वा नसक्ने निक्र्यौल सुरुवात अवस्थामा गर्न सकिने प्रविधि डुम्रेले विकास गरेका थिए ।
प्रतिष्ठानको ३६ औं प्राज्ञ सभाले डा डुम्रेलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । शुक्रबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् ।



