सनराइज बैंकको १ सय २६ औं शाखा सुनसरीको खनारमा, एटीएम पनि सञ्चालनमा |
काठमाडौं । सनराइज बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्तरुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा ए.टि.एम को उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरुविस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएम संचालन गर्ने योजना रहेको जनाएको छ ।


