नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारीका लागि आबेदन खुल्यो |
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)का लागि आवेदन खुला भएको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो ।
सरकारी निजी साझेदारी मोडलमा स्थापना भएको यो संस्थाको सीईओ हुनका लागि अबको २१ दिनभित्र आवेदन दिइसक्नुपर्छ । प्रकाशित विज्ञापनअनुसार सीईओ हुनका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर उत्तिर्ण भएको हुनुपर्छ । कुनै पनि अपराधिक वा फौजदारी अभियोग नलागेको व्यक्ती हुनुपर्ने छ ।
पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अभुनव भएकाले आवेदन दिनसक्ने यसमा छनौट हुनका लागि व्यावासायिक प्लान तथा भाषागत दक्षता पनि हुनुपर्छ ।
सीईओका लागि आवेदन दिनका लागि शुल्क नै ५ हजार रुपैयाँ तोकिएको छ । चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिइओले सेवा सुविधा तथा तलब आकर्षक हुन्छ ।
पर्यटन बोर्डले सीईओ छनौट गर्न गठित समितले आवेदकहरुमध्येबाट तीनजनाको नाम सिफारिस गर्ने छ । त्यसमध्येबाट समितिले १ जनालाई सीईओ नियुक्ती गर्ने छ ।
बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन् । सीईओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानूनी व्यवस्था छ ।



