४१ लघुवित्तले घोषणा गरे लाभांश, नौ वटाको बाँकी | ७ वटाकोे साधारण सभा पनि सम्पन्न
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल ५० वटा लघुवित्त कम्पनीहरुमध्ये सोमबार फरवार्ड कम्युनिटी लघुवित्तले लाभांश घोषणा गरेसँगै ४१ वटा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् ।
सूचीकृत ५० कम्पनीमध्ये अब ९ लघुवित्त कम्पनीको मात्र गत आवको मुनाफाबाट लाभांश घोषणा हुन बाँकी रहेको छ । यसरी लाभांश घोषणा गर्न बाँकी लघुवित्त कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, वोमी, जनउत्थान सामुदायिक, महिला सहयात्रा लघुवित्त, नाडेप लघुवित्त, नेपाल सेवा, ग्रामीण विकास लघुवित्त, आँधिखोला लघुवित्त वित्तीय संस्था, घोडीघोडा लघुवित्त रहेका छन् ।
यीमध्ये ग्रामीण विकास लघुवित्त हालैमात्र सञ्चित नोक्सानी सकाएको कम्पनी रहेको र आँधिखोला लघुवित्त वित्तीय संस्था हालैमात्र आईपीओ निष्काशन गरेकाले शेयरधनीले लाभांश पाउँछन् कि पाउँदैनन् यसै भन्न सकिने अवस्था छैन । घोडीघोडाको भने जगेडा कोष ऋणात्मक रहेकाले लाभांश वितरण गर्नसक्ने अवस्था छैन ।
अन्य लघुवित्तहरु डिप्रोक्स लघुवित्त, वोमी, जनउत्थान सामुदायिक, महिला सहयात्रा लघुवित्त, नाडेप लघुवित्त, नेपाल सेवा गरि ६ वटाले अघिल्लो आवमा लाभांश वितरण गरेका कम्पनी हुन् ।
हालसम्म घोषणा भएका ४१ लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै ८० प्रतिशत वितरण गरेको छ भने गणपतिले सबैभन्दा कम ७.३६ प्रतिशत वितरण गरेको छ । यस अवधिमा सात लघुवित्तले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् भने ३४ को बाँकी छ। लघुवित्तको औसत लाभांशदर २५.८८ प्रतिशत रहेको छ ।
हालसम्म घोषणा भएका ४१ लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सलेृ सबैभन्दा धेरै ८० प्रतिशत वितरण गरेको छ भने गणपतिले सबैभन्दा कम ७.३६ प्रतिशत वितरण गरेको छ । यस अवधिमा सात लघुवित्तले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् भने ३४ को बाँकी छ । लघुवित्तको औसत लाभांशदर २५.८८ प्रतिशत रहेको छ ।
लाभांश घोषणा गरेका लघुवित्त कम्पनीमध्ये मंसिर १६ गते सोमबार मात्रै सम्पन्न गरेको स्वेदेशी लघुवित्त सहित ७ वटाले सम्पन्न गरेका छन् । यसरी साधारण सभा सकाउने लघुवित्तमा फस्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, मेरो माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, आरएसडिसी लघुवित्त, गुँरास लघुवित्त र स्वदेशी लघुवित्त रहेको छ ।




