सागमा नेपालको शानदार जित, स्वर्ण संख्या २१ पुग्यो |
मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।
महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् ।
त्यस्तै नेपालले मंगलबार कराँतेमा ३ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । त्यस्तै सुनिता महर्जनले पनि ६८ केजी तौल समूहमा कराते फाइटमा स्वर्ण जितिन् भने काजल श्रेष्ठले पनि फाइट तर्फ नै स्वर्ण जितिन् ।
उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ। सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् ।



