प्रभु बैंकको शाखा पिङ्गलास्थानमा |
काठमाडौं । प्रभु बैंकले पिङ्गलास्थानमा शाखा खालेको छ । उक्त शाखा बिहीबारबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
कार्यालयको उद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरे ।
यस शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकाले ग्राहकलाई सहज हुने बैंकको विश्वास छ ।



