संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ।
संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १ः०० बजे बस्ने सोह्रौँ बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि सांसदहरुले छलफलमा भाग लिने कार्यसूची रहेको छ।


