इन्जिनियर बन्ने साेच्दै हुनुहुन्छ ? नेपाल इन्जिनियरिङ कलेजमै किन पढ्ने ?
१२ कक्षा (Science) पास गरिसकेपछि इन्जिनियरिङ पढ्ने सोच बनाएका विद्यार्थीका लागि नेपाल इन्जिनियरिङ कलेज (nec) उत्कृष्ट गन्तव्य बन्न सक्छ । सन् १९९४ देखि सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेज एक गैर-नाफामूलक (Non-profit) शैक्षिक संस्था हो, जसले इन्जिनियरिङ शिक्षामा आफ्नो छुट्टै पहिचान र प्रतिष्ठा निर्माण गरेको छ ।
नेपालकै पुराना तथा स्थापित इन्जिनियरिङ कलेजमध्ये एक nec, पुल्चोक र KU पछि निजी क्षेत्रका उत्कृष्ट कलेजमध्ये गनिन्छ ।
Pokhara University अन्तर्गत सञ्चालित यस कलेजले नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त गरेको छ, जसले विद्यार्थीको भविष्य, लाइसेन्स परीक्षा र करियरलाई थप मजबुत बनाउँछ ।
यहाँ Civil Engineering, Computer Engineering, Electrical & Electronics, Electronics & Communication, Architecture, Civil & Rural Engineering तथा Bachelor for Diploma Holders (BDH) लगायतका कार्यक्रमहरू अध्ययन गर्न सकिन्छ ।
भक्तपुरको चाँगुनारायणमा अवस्थित nec को आफ्नै भौतिक पूर्वाधारसहितको हरियाली र शान्त वातावरण विद्यार्थीका लागि अध्ययनमैत्री मानिन्छ । शहरको भीडभाडबाट टाढा भएकाले विद्यार्थीले ध्यान केन्द्रित गरेर अध्ययन गर्न सक्ने वातावरण यहाँ उपलब्ध छ ।
कलेजले प्रयोगात्मक (Practical) सिकाइ, आधुनिक ल्याब, प्रोजेक्ट कार्य तथा टेक्निकल स्किल विकासमा विशेष जोड दिँदै आएको छ । यसले विद्यार्थीलाई अध्ययनसँगै रोजगारीका लागि समेत तयार बनाउँछ ।
nec ले प्रत्येक वर्ष १५ करोड रुपैयाँभन्दा बढी बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै सातै प्रदेशका विद्यार्थीका लागि प्रादेशिक छात्रवृत्ति, चाँगुनारायण नगरपालिका तथा वडागत छात्रवृत्ति, साथै प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
कलेजले Internship, Project Work तथा Industry Exposure मार्फत विद्यार्थीलाई अध्ययनकै क्रममा करियर निर्माण गर्ने अवसर पनि प्रदान गर्दै आएको छ ।
नेपाल इन्जिनियरिङ कलेजको अर्को विशेषता भनेको यहाँका पूर्णकालीन (Full-time) फ्याकल्टी हुन् । धेरै कलेजमा Part-time शिक्षकबाट पढाइ हुने अवस्थामा nec मा अनुभवी तथा पूर्णकालीन शिक्षकहरूले अध्यापन गराउने भएकाले विद्यार्थीले गुणस्तरीय सिकाइको अनुभव प्राप्त गर्न सक्छन् ।
यसका साथै, विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूसँगको सहकार्यमा विद्यार्थी तथा फ्याकल्टी एक्सचेञ्ज कार्यक्रम सञ्चालन हुँदै आएका छन् । स्वदेशी तथा विदेशी उद्योग, व्यवसाय र शैक्षिक संस्थासँगको सहकार्यले विद्यार्थीलाई व्यावसायिक अनुभव र करियर विकासका अवसर पनि प्रदान गर्दछ ।
विशुद्ध सामाजिक तथा गैर-नाफामूलक संस्था भएकाले nec को शुल्क अन्य धेरै निजी कलेजको तुलनामा सर्वसुलभ मानिन्छ । देशका जुनसुकै भू-भाग र समुदायका जेहेन्दार विद्यार्थीका लागि यो कलेज उपयुक्त विकल्प बन्न सक्छ ।


