सेयर र घरजग्गा कारोबारमा पूँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढ्यो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सेयर र घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको छ ।
आगामी आवको बजेट मार्फत सरकाले यस्तो पूँजीगत लाभकर ७.५ प्रतिशतदेखि १० प्रतिशत कायम गरेको हो । हाल यस्तो लाभकर ५ र ७.५ प्रतिशत कायम थियो ।
१ वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।
त्यसैगरी घरजग्गा कारोबार हकमा पनि ५ वर्षभन्दा बढी समयका लागि होल्ड गरेको खण्डमा ५ प्रतिशत र त्यसभन्दा कम अवधि होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभ तिर्दै आएका छन् ।
सरकारले आगामी आवदेखि सेयर कारोबार हकमा कायम गरेको पूँजीगत लाभ करलाई अन्तिम घोषण गरेको छ । तर, घरजग्गाका हकमा भने यो पूँजीगत लाभकर अन्तिम होइन ।


