सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र सजिलो ईएमआई सुविधा !
काठमाडौं । सामसङले नेपालमा आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘अपग्रेड टु ग्यालेक्सी’ सार्वजनिक गरेको छ ।
जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।
यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । अभियान अन्तर्गत ग्राहकहरूले ०% डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा समेत पाउनेछन् ।
यस योजनामा ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यांकन मूल्यसँगै अधिकतम रु. ८,००० सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन सामसंगले निश्चित मोडेलहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ ।
जसमा S२६ Ultra मा रु. १०,००० छुट र रु. ८,००० बोनस, S२६+ मा रु. २३,००० छुट र रु. ८,००० बोनस, तथा S२६ मा रु. १०,००० छुट र रु. ८,००० बोनस तोकिएको छ । त्यसैगरी A५७ र A३७ मोडेलहरूमा समान रु. ५,००० छुट र रु. ५,००० एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ ।


