साओमी १७ टी मोबाइल सार्वजनिक हुँदै, प्रि-अर्डर गर्दा छुट
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी १७ टीको प्रि–अर्डर खुला गरेको छ ।
आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।
साओमी १७ टीमा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्छ ।
यस स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ, जसले उच्च रिजोल्युसनका तस्बिर तथा उत्कृष्ट भिडियो रेकर्डिङ अनुभव दिन्छ ।
साओमी १७ टीमा ६.५९ इन्चको १.५ के एमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ ।
यसमा साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिङ तथा डीसी डिमिङ जस्ता आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश छन् । १२० हर्ज रिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउँछ । करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहने कम्पनीले जनाएको छ ।
६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी १७ टीले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्छ । यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ, जसले शक्तिशाली प्रदर्शन प्रदान गर्छ । साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङ जस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्छ ।
अडियो तथा कनेक्टिभिटी एम डुअल स्टेरियो स्पिकरसहित साओमी १७ टीले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ । यस स्मार्टफोनले वाइफाइ ६ ई डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउँछ ।
साओमी १७ टी भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमा तथा १२ जीबी + ५१२ जीबी भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो स्मार्टफोनको प्रि–अर्डर गर्दा ग्राहकहरूले ५ हजार ५०० रुपैयाँ बराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत रेड्मी बड्स टएबिथ (६ प्ले) (मूल्य २ हजार ४९९) र साओमी ट्याग (मूल्य २ हजार ९९९ रुपैयाँ) निःशुल्क प्रदान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार प्रि–अर्डर २९ मे देखि ६ जुन २०२६ सम्म खुला रहनेछ । साओमी १७ टीको नेपाली बजार मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


