सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि
काठमाडौँ । जेठ १५ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला पाँच हजार ६०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
Visited 7 times, 7 visit(s) today


