सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने
काठमाडौं । सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।
नेपालको संविधान २०७२ मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख छ । त्यहीअनुसार आज बजेट सार्वजनिक गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा देखिएको आर्थिक शिथिलता, पुँजीगत ९विकास० खर्चको कमजोर अवस्था र निजी क्षेत्रको खस्किएको मनोबललाई उकास्ने चुनौतीका बीच बजेट कस्तो आउला रु र, समग्र अर्थतन्त्रको दिशा कता लैजाला भन्ने मानिसहरुको चासो रहेको छ ।


