अमेरिकी डलर स्थिर, पाउन्ड र युरोको मूल्य घट्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ १३ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ५८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर १ सय आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १९ पैसा कायम भएको छ।
यसैगरी क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।
स्विस फ्र्याङ्क एकको खरिददर १ सय ९३ रुपैयाँ ६४ र बिक्रीदर १ सय ९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।


