हिमालय एयरलाइन्सको चीनको गुइयाङ् उडान शुरु |
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको अर्को सहरमा पनि उडान शुरु गरेको छ । गएको कात्तिकदेखि काठमाडौं–बेइजिङ सिधा उडान शुरु गरेको एयरलाइन्सले चीनको दक्षिण पश्चिमी सहर गुइयाङ् मा उडान शुरु गरेको हो ।
चिनियाँ लगानीको एयरलाइन्सले चीनको थप सहरमा उडान विस्तार गरेको हो ।
८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाजबाट सेवा दिंदै आएको एयरलाइन्सले चीनका चाङसा, नाङचाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्ने योजना बनाएको छ ।


