स्याकार ट्रेडिङ कम्पनीद्वारा होण्डाका २ प्रिमियम सर्भिस सेन्टर उद्घाटन
काठमाडौँ । पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकर ट्रेडिङ कम्पनीले नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई लक्षित गर्दै प्रिमियम सेवा विस्तार अभियान सुरु गरेको छ। कम्पनीले देशभर अत्याधुनिक सेवा केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गर्दै पहिलो चरणमा ६ वटा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउने घोषणा गरेको हो।
यसअन्तर्गत त्रिपुरेश्वरस्थित (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) सेवा केन्द्र र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई वटा प्रिमियम सर्भिस सेन्टरको औपचारिक उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन समारोहमा हाेन्डा माेटर कम्पनीका उपाध्यक्ष तथा एसिया–ओसियाना क्षेत्र प्रमुख तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो। साथै, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको पनि उपस्थिति रहेको थियो।

कम्पनीले पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” अवधारणा अघि सार्दै ग्राहकलाई अतिरिक्त लागत बिना उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। यससँगै प्रिमियम कस्टमर एक्सपिरियन्स र ‘कस्टमर फर्स्ट’ नीति अपनाउँदै सेवा प्रक्रियालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाइएको कम्पनीको भनाइ छ।
नयाँ सेवा केन्द्रहरूमा दक्ष प्राविधिकद्वारा सेवा, अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली तथा फास्ट सर्भिस बेजको सुविधा उपलब्ध हुनेछ। साथै, शोरुम, सर्भिस र जेन्युन पार्ट्स सुविधा एउटै स्थानमा उपलब्ध गराइनेछ। सेवा लिन आउने ग्राहकका लागि आरामदायी वेटिङ लाउन्जसँगै निःशुल्क पेय पदार्थको व्यवस्था पनि गरिएको छ।
कम्पनीका अनुसार, होण्डाका जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता र अन्तर्राष्ट्रियस्तरको सेवा अनुभव प्रदान गर्ने उद्देश्यसहित यो विस्तार योजना अघि बढाइएको हो। आगामी दिनमा देशभर थप सेवा केन्द्र विस्तार गर्दै ग्राहकसम्म पहुँच अझ सुदृढ बनाइने स्याकार ट्रेडिङले जनाएको छ।



