ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा ७ प्रतिशत छुट |
काठमाडौं । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशत छुट दिने भएको छ ।
ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौताअनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा त्यति छुट दिने भएको हो ।
सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजकोतर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले हस्ताक्षर गरे ।
हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू एयरवेजले बताएको छ ।


