डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा नेपालमा रिटेल तथा HoReCa क्षेत्रमा रणनीतिक विस्तारको घोषणा
काठमाडौँ । डीएस ग्रुपअन्तर्गतको ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा HoReCa (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिक योजना घोषणा गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा अप्रिल २२ देखि २५ सम्म आयोजना भइरहेको GAI Food & Beverage and Hospitality 2026 को ११औँ संस्करणमा डायमण्ड स्पोन्सरका रूपमा सहभागी हुँदै कम्पनीले यस्तो घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो कदम नेपालमा क्याच स्पाइसेसको विकासको अर्को चरणका रूपमा लिइएको छ, जसअन्तर्गत वितरण सञ्जाल विस्तार, बजार पहुँच वृद्धि र रिटेल तथा फूड सर्भिस क्षेत्रका साझेदारसँग सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्टल नं. B124, B125, B119 र B120 मा कम्पनीले आफ्ना विभिन्न मसला उत्पादनहरू प्रदर्शन गर्दै गुणस्तर र नवप्रवर्तन प्रस्तुत गरिरहेको छ ।
डीएस ग्रुपका क्याच स्पाइसेस बिजनेस हेड सन्दीप घोषले नेपालमा विस्तारले प्याकेज्ड मसला उद्योगमा ब्रान्डको उपस्थितिलाई अझ मजबुत बनाउने बताएका छन् । उनले चालु आर्थिक वर्षको अन्त्यसम्म उल्लेखनीय बजार पहुँच हासिल गर्ने र सन् २०२६–२७ भित्र HoReCa क्षेत्रमा समेत सशक्त उपस्थिति स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा ब्रान्ड एम्बेसडर तथा अन्तर्राष्ट्रिय शेफ सन्तोष शाहद्वारा विशेष लाइभ कुकिङ सेसनसमेत सञ्चालन हुँदैछ । कम्पनीले नेपालभर रिटेल नेटवर्क विस्तार गर्दै उपभोक्ता र व्यवसायिक किचेन दुवैमा आफ्नो पकड बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।



