रास्वपा सचिवालयमा थपिए ज्ञवाली र ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय संख्या विस्तार गरिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा विस्तार गरेको हो ।
प्रवक्ता मनिष झाका अनुसार, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए ।
उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए । यसअघि सचिवालयमा १४ जना सदस्य थिए ।




