‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज (तस्विरहरु)
सुरज शाक्य
वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहण आज (शनिबार) गरिएको छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।
पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ।









