कोटेश्वर र महाराजगन्ज पछि अब चितवनकाे भाटभटेनी स्टोर्स खुल्ने, भोलिदेखि पुनः सञ्चालनमा आउने
काठमाडौं । कोटेश्वर र महाराजगन्ज पछि अब चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरस्टोर्स पुनः सञ्चालनमा आउने भएको छ । उक्त स्टाेर्स भोलि १० बजेदेखि सञ्चालनमा आउने भएको हाे ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा चितवनस्थित स्टोरमा पनि पूर्ण आगजनी गरिएको थियो ।आगजनीपछि पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको भाटभटेनीले जनाएको छ ।
‘चैत २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ,’ भाटभटेनीले भनेको छ ।



