माइतीघरमा राइड सेयरिङवालाहरुको प्रदर्शन,प्रतिकिलोमिटर २७ रुपैयाँ भाडादर लागू गर्न माग
काठमाडौं । पेट्रोल तथा डिजेलजन्य वस्तुको मूल्यवृद्धि हुँदा पनि भाडादर समायोजन नभएको भन्दै राइड सेयरिङवाला चालकहरुले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
खासगरी, पठाओ, इन्ड्राइभ र याङ्गोमा दर्ता भएका चालकहरुले संयुक्त रुपमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले भाडा वृद्धि गर्नुपर्ने, कमिसनको दर बढाउनुपर्ने र शुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका माग राख्दै आजदेखि माइतीघरमण्डलामा आन्दोलन गरिरहेका छन् । माइतीघरमा राइड सेयरिङवाला चालकहरुले आफ्नो मोटरसाइकलमा समेत पर्चा र पम्प्लेट टाँसेर सरकारको ज्यादतीविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् ।


